सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराध नियन्त्रणमा सक्रियता बढाउँदै पछिल्ला दुई महिनामा सात किलोभन्दा बढी लागुऔषध बरामद गरेको छ। सो अवधिमा ५ महिला र ३९ पुरुषसहित ४४ जना लागुऔषधसम्बन्धी अभियोगमा पक्राउ परेका छन्। प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार ब्राउन सुगर, चरेस, अफिम, गाँजा र सयौं ट्याब्लेटसहित कुल सात किलोग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको हो।त्यस्तै, जुवातासमा संलग्न २१ जना, सामाजिक सदाचार उल्लंघनमा तीन होटल सञ्चालकसहित २५ जना ९१२ पुरुष, १२ महिला र एक एचआइभी संक्रमित महिला) पक्राउ परेका छन्। प्रहरीले सामाजिक अपराध नियन्त्रणका लागि निगरानी र अभियानलाई थप कडा बनाइएको जनाएको छ।