काठमाडौं । गोरखापत्र दैनिक र माओवादी निकट प्रेस सेन्टर नेपालको प्रतिष्ठान प्रदेशको अध्यक्ष लक्ष्मण दर्नाल परस्त्रीसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई असार २६ गते बुधबार साँझ करिब ९ बजे महिलासहित रंगेहात पक्राउ गरे पनि विभिन्न शक्तिकेन्द्रको दबाबमा छुट्न सफल भएका छन् । राष्ट्रिय दलित पत्रकार संघका महासचिव समेत रहेका दर्नाल अर्घाखाँची घर भएकी नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष राधा नेपालीसँगै पक्राउ परेका हुन् ।
युवतीसहित होटलमा भएको सूचनाका आधारमा लक्ष्मणकी श्रीमतीले प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गराउन सफल भएकी हुन् । ललितपुरको पाटनस्थित ‘न्यु मनकामना होटल एन्ड लज’बाट पक्राउ परेका हुन् ।
उनको श्रीमती, छोरी र छोरासहितको समूहले दर्नाल होटलमा परस्त्रीसँग रहेको सूचना प्रहरीलाई दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनलाई २४ घण्टासम्म हिरासतमा राखेपछि पीडित उजुरीकर्तालाई अन्याय हुने गरी मिलापत्र गराएर छाडिएको छ । दर्नालले आगामी दिनमा उक्त महिलासँग कुनै पनि माध्यमबाट भेटघाट नगर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि उनलाई प्रहरीले बिहीबार हिरासत मुक्त गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख श्याम कृष्ण अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । विस्तृत विवरण भने आफूलाई अहिले थाहा नभएको उनको भनाइ छ । पीडितले भने दर्नाल र ती महिलाविरुद्ध बहुविवाहको जाहेरी दिने तयारी गरेका छन् ।