काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर र बलेफी हाइड्रोबीच सम्झौता भएको छ । बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार यस हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंलाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो । यस बलेफी हाइड्रोपावर लिमिटेडको सेयर रजिस्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरू हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने व्यहोरा सम्पूर्ण सेयरधनीहरूलगायत सम्बन्धित सबैको जानकारीको लागि सेयर रजिस्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।
बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको दरबारमार्ग काठमाडौंमा शुक्रबार आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।