काठमाडौं । यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलतापछि काठमाडौंमा समेत सेवा विस्तार गरेको हो ।
उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । यस करेन्ट पोइन्टको उद्घाटन समारोहमा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो । समारोहमा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’ यस्तै, यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी गराएको थियो ।
करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।