काठमाडौ । फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले संयुक्तरूपमा गरेका थिए ।
कार्यक्रममा फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले सात वर्षअघि झापाबाट यसको सेवा आरम्भ गरेको बताइन् । हाल पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको उनको भनाइ छ । इटहरी उप–प्रमुख संगीता कुमारी चौधरीले नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको र यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको बताइन् । फेसियल हाउस, इटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेसियललगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन् । संस्थाले निकट भविष्यमा पूर्वाञ्चलका अन्य सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।