काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शोक सन्देश जारी गर्दै पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेका छन् । पत्रकारका रुपमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै राष्ट्रपति पौडेलले त्यो सधैँ स्मरणीय हुने बताएका छन् ।
स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गरेको स्मरण गरेका छन् ।