काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा दुई वटा विधेयक पेस भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे ।
यसैगरी ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेका छन् ।