काठमाडौं, काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै ढिलाइ भएकोमा माफी मागिन्।
संविधानअनुसार असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको उनले स्पष्ट पारिन्। बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमार्फत र ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतमार्फत खर्च हुने अनुमान गरिएको छ। बजेट प्रस्तुत गर्नुअघि मेयर बालेन्द्र शाहले आगामी वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।