काठमाडौं, निर्वाचन आयोगले रूपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ।कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकको विवरण समावेश गर्दै अद्यावधिक प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ। आयोगका प्रवक्ता निता पोखरेल अर्यालका अनुसार साउन ४ गतेसम्म सङ्कलित विवरण आयोगको वेबसाइटमा प्रकाशित हुनेछ।
साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा त्रुटि सच्याउन, झुटा विवरणमा उजुरी दिन तथा दोहोरिएको नाम हटाउन अनलाइन वा कार्यालयमार्फत निवेदन दिन सक्नेछन्। अन्तिम मतदाता नामावली आगामी भदौ २५ गते प्रकाशित गरिनेछ। आयोगले त्रुटिरहित मतदाता नामावली तयार पार्ने उद्देश्यले यो प्रक्रिया अघि बढाएको हो।