काठमाडौं, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि राजनीतिक हलचल तीव्र बनेको छ। उक्त अडियो सार्वजनिक गर्ने आर्थिक दैनिकको समाचारपछि प्रधानमन्त्रीलाई छानबिन गर्न दबाब बढेको छ।
एमाले नेता योगेश भट्टराईले आइतबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अडियोको सत्यता सार्वजनिक गर्नुपर्ने र यदि संलग्नता पुष्टि भए गुप्तालाई पदबाट हटाउनुपर्ने बताएका छन्।
आर्थिक दैनिकले सार्वजनिक गरेको अडियोमा मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा लाखौँ रुपैयाँको घुस लेनदेनको कुरा गरिरहेको सुनिन्छ। मन्त्रीको आफन्त बताउने मेलिना नाम गरेकी व्यक्तिले गाडी नम्बरसहित २५ लाख रुपैयाँ मन्त्री क्वार्टरमै ल्याउन व्यापारीलाई निर्देशन दिएको अडियो पनि उजागर भएको छ।
उक्त प्रकरणमा अख्तियारमा उजुरी समेत दर्ता भइसकेको छ। उजुरीमा मन्त्रीद्वारा लिइएको घुसको तस्बिर, रकमको विवरण र प्रमाण अडियोसहित संलग्न गरिएको स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अडियोसहितको प्रमाण बुझाइएको भए पनि उनले तत्काल छानबिन अघि नबढाएको आरोपसमेत लागेको छ। स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने वा बर्खास्त गर्ने विषयमा प्रधानमन्त्रीको निर्णय प्रतीक्षामा छ।
यो पनि पढ्नुहोस्
सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
पोखराको बाटुलेचौरको एक सय ३५ रोपनी सरकारी जग्गासँग जोडिएको सामान्य प्रशासनमन्त्री गुप्ताको घुसकाण्डमा सरकार मौन
घुस बार्गेनिङको अडियो सुन्नुहोस
https://www.youtube.com/watch?v=OQByveavT20&t=15s