काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगलाई रास्वपासम्बन्धी सम्पूर्ण कागजात बुझाउन आदेश दिएको छ। न्यायाधीश हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले आयोगलाई रास्वपाको दर्ता प्रक्रियाका कागजात, डा. ढकालमाथि गरिएको कारबाही, पत्राचार र अभिलेख अद्यावधिकसम्बन्धी विवरण झिकाउन आदेश दिएको हो। डा. ढकालले आफूलाई महामन्त्रीमा कायम राख्न र पार्टीले गरेको कारबाही अमान्य ठहर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।