काठमाडौँ, सत्ता गठबन्धन जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आज बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा एमाले, कांग्रेस र जसपाका प्रमुख नेताहरू सहभागी थिए। जसपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि गठबन्धन जोगाउने प्रयासस्वरूप छलफल भएको हो। बैठकमा उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शङ्कर पोखरेल, विष्णु रिमाल र राजकिशोर यादवलगायत नेताहरूको उपस्थिति थियो। गठबन्धनको भविष्य सुरक्षित गर्न नेताहरुबीच विकल्पहरूबारे खुला संवाद भएको स्रोतले जनायो।