लण्डन, रवीन्द्र जडेजाको अद्भुत प्रतिरोध पनि भारतलाई पराजयबाट जोगाउन सकेन। इंग्ल्यान्डले २२ रनको रोमाञ्चक जित हात पार्दै टेस्ट सिरिजमा पुनः जीवित भएको छ। बेन् स्टोक्सले घाइते औँलाका बाबजुद अन्तिम दिन १९.२ ओभर बलिङ गर्दै कप्तानी जिम्मेवारी पूरा गरे। अर्कोतर्फ जडेजाले लगातार चौथो अर्धशतक जड्दै भारतलाई जितको नजिक पुर्‍याए, तर अन्तिम साझेदारी भत्किएपछि भारत १७० रनमै समेटियो। Lord’s मैदानमा भएको यो खेल क्रिकेट इतिहासकै स्मरणीय क्षणमध्ये एक बन्न पुग्यो, जहाँ हिम्मत, सहनशीलता र नाटकीयता तीनैको चरम प्रदर्शन देखियो।