काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०÷८१को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू सभाबाट पारित गरियो । साथै सञ्चालक समितिबाट पेस गरिएका सबै सामान्य र विशेष प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रधान कार्यालयलगायत छवटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरू, १५ वटा बीमा काउन्टरहरू र छवटा तेस्रो पक्ष बीमा काउन्टरहरूबाट र तीन सय ६५ बीमा सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीमा पेस हुन आएका दाबीहरूलाई समयमै फरफारक गर्ने, बीमितहरूलाई छिटो छरितो रूपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा वृद्धि गर्ने एवं व्यावसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भई बीमा सेवा प्रदान गर्ने उद्देश्यअनुरूप डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिवृद्धि गर्दै बीमितलाई अनलाइन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावी योजना रहेको जानकारी पनि कम्पनीले दिएको छ ।