काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन लिमिटेड—फ्रन्टलाइन हस्पिटलबीच सम्भौता भएको छ ।
सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोवेल कलेज अफ हेल्थ एन्ड एजुकेसन लिमिटेड—फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म नोवेल कलेज अफ हेल्थ एन्ड एजुकेशन लिमिटेड—फ्रन्टलाइन हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिनेछ ।
साथै सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन लिमिटेड—फ्रन्टलाइन हस्पिटलले आफ्ना ग्राहकहरूलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।
सोही अवसरमा क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि हुँदै गएको बताए । कम्पनीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरू छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी पनि उनले दिए ।