काठमाडौं । एनआईसी एसिया बैंक र ई–स्टप नेपालबीच रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार इ–स्टपले उपलब्ध गराएका रेस्टुरेन्टमा बैंकका ग्राहकले खानामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौताअनुसार चार्जिङ स्टेसन सेवामा पाँच प्रतिशत छुट पाउनेछन् । ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नेछन् ।