काठमाडौं । विश्वव्यापीरूपमा परिचित खड्लज परफ्युम आधिकारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको छ । इना सेन्टर नेपाल प्रालिले काठमाडौंमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका उत्कृष्ट परफ्युमहरू सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रममा दीप प्रज्वलन गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा खड्लजका सिग्नेचर अत्तरहरू प्रदर्शन गरिएको थियो । सो अवसरमा खड्लज परफ्युमका प्रबन्ध निर्देशक आसिफ मोहम्मदले ब्रान्डको सम्पदा, गुणस्तरप्रति प्रतिबद्धता र इना सेन्टरसँगको साझेदारीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा खड्लजको शियाका छाया र नाफाइस नामक नयाँ अत्तरहरू समेत प्रदर्शनमा राखिएको थियो । कार्यक्रममा इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले भने, ‘खडलज परफ्युमहरू बजेटमैत्री र अत्यधिक सुगन्धित छन् । हामीलाई विश्वास छ कि खड्लज चाँडै नै नेपालको सबैभन्दा मनपर्ने सुगन्धित परफ्युमको ब्रान्डहरूमध्ये एक बन्नेछ ।’
इना सेन्टरले आगामी दिनहरूमा गुणस्तर र नवीनताका साथ स्थानीय बजारलाई बढाउँदै प्रिमियम अन्तर्राष्ट्रिय परफ्युम ब्रान्डहरू नेपालमा ल्याउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताएको छ ।