नयाँदिल्ली । भारतमा खुद्रा मुद्रास्फीति जुन महिनामा दुई दशमलव १० प्रतिशतमा झरेको छ । जुन ७७ महिना (साढे छ वर्ष) यताकै न्यून स्तर हो । यसअघि जनवरी २०१९मा यो दुई दशमलव शून्य पाँच प्रतिशत थियो । जब कि मे २०२५मा यो दुई दशमलव ८२ प्रतिशत र अप्रिल २०२५मा खुद्रा मुद्रास्फीति तीन दशमलव १६ प्रतिशत थियो ।
खाद्य वस्तुहरूको मूल्यमा निरन्तर कमी आउँदा खुद्रा मुद्रास्फीतिमा कमी आएको छ । खुद्रा मुद्रास्फीतिको तथ्यांक जुलाई १४ मा जारी गरिएको छ । फेब्रुअरीदेखि खुद्रा मुद्रास्फीति आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा कम छ ।
मुद्रास्फीतिमा खाद्य वस्तुहरूको योगदान लगभग ५० प्रतिशत छ । यसको मासिक मुद्रास्फीति शूनय दशमलव ९९ प्रतिशतबाट घटेर माइनस एक दशमलव शून्य छ प्रतिशतमा झरेको छ । जुन महिनामा ग्रामीण मुद्रास्फीति दर दुई दशमलव ५९ प्रतिशतबाट घटेर एक दशमलव ७२ प्रतिशत पुगेको छ भने शहरी मुद्रास्फीति तीनि दशमलव १२ बाट घटेर दुई दशमलव ५६ पुगेको छ ।