काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा स्पेन भिजिट भिसामा गएका केही नेपाली नफर्किएको विषयमा प्रहरीले औपचारिक छानबिन सुरु गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (आईबी) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी अनुसन्धान अघि बढाइएको सीआईबीले बताएको छ ।
समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवरसहित सीआईबीका अन्य अधिकारीहरू छन्। समितिको मंगलबार दिउँसो पहिलो बैठक बसेको छ।समितिले कसले कसलाई पठायो, को को गयो, फर्किए कि नफर्किए? भन्ने सम्पूर्ण विवरण संकलन गरी प्रतिवेदन दिनेछ। प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अघि बढाउने तयारी गरेको छ। यसअघि रास्वपा सांसद सोविता गौतमले संसद्मा प्रश्न उठाएपछि, गृहमन्त्री रमेश लेखकले गृह सचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर गम्भीर छानबिनको आदेश दिएका थिए।