काठमाडौँ , राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई नियुक्त गर्दै नयाँ जिम्मेवारी दिएका हुन्। न्यौपानेको नियुक्तिसँगै राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्ताको स्थानमा नयाँ नेतृत्व पुगेको छ।