चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया एक बालिकाको मृत्यु भएको छ । सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

खेल्ने क्रममा मङ्गलबार अपराह्न सेफ्टीट्याङ्कीमा खसेकी उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ उनको मृत्यु भएको थियो ।