काठमाडौँ, अमेरिका पुगेका थप १९ नेपालीलाई त्यहाँको प्रशासनले डिपोर्ट गरेको छ। यसअघि २५ जेठमा ३७ जना चार्टर्ड विमानमार्फत डिपोर्ट भएपछि हालसम्म १९ जना नियमित उडानबाट फर्किएको अध्यागमन विभागले जनाएको छ।अवैध बाटो हुँदै अमेरिका छिर्ने अधिकांश नेपालीले ५० देखि ९० लाख रुपैयाँसम्म बिचौलियालाई बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, डिपोर्ट भएर फर्किनेहरूले मानव तस्करबारे जानकारी नदिँदा ठगीमा संलग्न गिरोहको पहिचान अझै अपूर्ण छ। प्रहरीले विमानस्थलमै सोधपुछ गरे पनि ३७ मध्ये कसैले पनि सूचना नदिएको जनाइएको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको कडो अध्यागमन नीतिपछि नेपालीहरुको डिपोर्ट संख्यामा उल्लेख्य वृद्धि भएको छ। ट्रम्प कार्यकालयता डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ।