महोत्तरी । मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उनको वीर अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको हो ।
उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । उनको आजै अन्तिम संस्कार गरिने जनाइएको छ । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् ।
नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले कुशवाहाको निधनमा छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका छन् ।