काठमाडौं । प्रभु बैक लिमिटेड र होपफुल हराइजन नेपाल प्रालिबीच सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले ललितपुरको झम्सीखेल, पुल्चोकमा रहेको होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो ।
सम्झौतामा होपफुल हराइजन्को तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेस गर्नुपर्नेछ ।
होपफुल हराइजन दक्ष एवं अनुभवी विशेषज्ञहरूको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यसले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।