काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ३४ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ३४ दशमलव ६१ अंकले उकालो लागेर २७ सय ९४ दशमलव ७८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स सात दशमलव ८६ अंकले उकालो लागेर चार सय ८९ दशमलव २७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा तीन सय ३० वटा कम्पनीहरुको ९९ हजार पाँच सय पाँच पटकको कारोबारमा चार करोड ३१ लाख ११ हजार चार सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार आठ सय ८० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जविन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।