संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सम्हालेकी छिन्।राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हिजो मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए। न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकाे कार्यकाल आगामी २० फागुनसम्म रहनेछ।