काठमाडौं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । कम्पनीले साउन २ देखि १५ गतेसम्म यो सेल सञ्चालन गर्ने जनाएको छ ।
कम्पनीका अनुसार यो भव्य सेलअन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरोझैँ उच्च ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र दुई करोड रुपैयाँ बराबरको भौचरलगायतको लाभ लिन सक्नेछन् । महाबचत बजार सेलअन्तर्गत फ्ल्यास सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रूपमा रहेका सिताफिल, किक, एईबीबी, मार्सियो र युनिलिभरमार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, र्होटो, एंकर र मम्बड्समार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्रान्डहाउस, जीसीजी आइवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुटको पनि ब्यवस्था रहेको छ । ‘महाबचत बजार’ सेलको मुख्य आकर्षणका रुपमा आठदेखि आठ हजार आठ सय ५८ रुपैयाँसम्मका मेगा डिलहरूमा आठ रुपैयाँ, ४८ रुपैयाँ, आठ सय ४८ रुपैयाँ र आठ हजार आठ सय ५८ रुपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ ।
साथै, जियासिसको आठ केजी क्षमताको वासिङ मेसिन ४९ हजार नौ सय ९९ रुपैयाँ, वानप्लस नोर्ड सीईफाइभ ४८ हजार नौ सय ९९ रुपैयाँ, अकारिटेक ४३ इञ्च स्मार्ट एलईडी टीभी ३२ हजार नौ सय ४० रुपैयाँ, रेडमी नोट १४ फाइभजी ३० हजार नौ सय ९९ रुपैयाँ, भरटेक्स २४ इञ्च गेमिङ मोनिटर १८ हजार नौ सय ९९ रुपैयाँ र अकारिटेक ६० लिटर रेफ्रिजिरेटर १६ हजार नौ सय ९० रुपैयाँलगायत सीमित स्टकमा मात्र आठ हजार आठ सय ४८ रुपैयाँमा उपलब्ध हुनेछन् ।
महाबचत बजार सेलअन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १० हजार नौ सय ९९ रुपैयाँ पर्ने अल्टिमा वेभबारको एक सय २० वाट क्षमताको साउन्डबार केवल आठ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, भ्यान्स, अर्क, नाइक, पोसिलो फुड्स, एमडब्ल्युसी, कन्भर्स, टाइटेक्स, अलेवालगायत एक सयभन्दा बढी ब्रान्डहरूका उत्पादनहरू फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।
बैंक तथा इ–सेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ
दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरूले थप लाभ लिन सकून् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ ।