काठमाडौं । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा चयन गरेको छ ।
पहिलो संस्करणको सफल सहकार्यपछि नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको जनाएको छ । राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ । यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ ।
यस सहकार्यको अंश स्वरूप, विराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउने छन् । होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ । विराटनगर किंग्स नेपाल प्रिमियर लिगअन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो ।