काठमाडौं । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई अधिकारिक विक्रेता नियुक्त गरेको छ ।
नयाँ सोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई हरित तथा नवीनतम विद्युतीय सवारी साधनहरू सहजरूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । ख्वाजा ट्रेडर्सद्वारा सञ्चालित उक्त सोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको डिएफएसके ब्रान्डअन्तर्गतका विद्युतीय सवारी साधनहरू प्रदर्शन तथा बिक्री गरिनेछ । यसमा डिएफएसके डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रो बसहरू उपलब्ध हुनेछन्, जुन सामूहिक यातायातलाई दिगो, सुलभ र किफायती बनाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ ।
सोरुम उघाटन कार्यक्रममा दिगोका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले धनगढी व्यापारिक सम्भावनाको केन्द्र रहेको बताए । ख्वाजा ट्रेडर्सको साथमा यो सम्भावनालाई कम्पनीले मूर्तरूप दिने उनको भनाई छ । उनका अनुसार दिगोले देशभर विद्युतीय सवारी साधनको सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ सोरुम त्यसै अभियानको एउटा महत्वपूर्ण अध्याय भएको उनले बताए । ‘हामी चाहन्छौं, नेपालका सबै भू–भागमा स्वच्छ, किफायती र दिगो यातायात प्रणालीको पहुँच होस्’, उनले भने ।
ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए । दिगोको यो कदमसँगै सुदूरपश्चिम क्षेत्रका व्यवसायी, शैक्षिक संस्था, पर्यटन क्षेत्र र सार्वजनिक यातायात क्षेत्रका लागि विद्युतीय सवारी साधनहरूमा लगानी गर्ने वातावरण झनै सहज हुनेछ ।