काठमाडौं, साउन २८
एनआईसी एसिया ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एसिया क्यापिटलअन्तर्गत सञ्चालित उक्त फण्डले एकाइधनीहरूलाई करसहित १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी क्यापिटलअन्तर्गतको दोस्रो योजना एनआईसी एसिया ब्यालेन्स्ड फण्डका एकाइधनीहरूलाई पनि करसहित आठ प्रतिशतका दरले लाभांश वितरण गर्ने संस्थाले जनाएको छ ।
कम्पनीको यही साउन २६ गते बसेको सञ्चालक समितिले बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट एनआईसी एसिया ग्रोथ फण्डका एकाइधनीलाई १२ प्रतिशत अर्थात् १० करोड दुुई लाख २४ हजार रुपैयाँँ र एनआईसी एसिया ब्यालेन्स्ड फण्डका एकाइधनीहरूलाई आठ प्रतिशत अर्थात् छ करोड चार लाख रुपैयाँँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।