काठमाडौँ । राप्रपाले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ। सम्पत्ति छानविन गर्न माग गर्ने नेपालका राजनीतिक दल मध्ये सम्भवतः राप्रपा पहिलो दल हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भ्रष्टाचार छानबिनको माग गर्दै उपाध्यक्ष्य विक्रम पाण्डे, माननीय दीपक सिंह लगायत नेता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।
राप्रपाले आफ्नो एजेण्डा बनाउदै आएको यो विषयलाई शुक्रबार औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा प्रवेश गराएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार आयोगको कार्यालय हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएका छन् । यो उच्च साहस राप्रपा र राप्रपाको नेतृत्वसंग मात्रै छ।