काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर फैलिएको व्यापक भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नक्सालस्थित आयोग कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा सुडान घोटाला, ललिता निवास, वाइडबडी, एनसेल कर छलीदेखि भुटानी शरणार्थी प्रकरणसम्मका ठूला मुद्दामा निष्पक्ष छानबिन र राजनीतिक तहसम्म कारबाहीको माग गरिएको छ।
राप्रपाले ढिलासुस्ती, प्रभावहीन अनुसन्धान र दोषीलाई राजनीतिक संरक्षण दिइएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै पुराना–नयाँ सबै काण्डमा कडा छानबिनको माग गरेको छ।