काठमाडौं । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ । ई–कम भिसा कार्ड डलरबाट भुक्तानीमा प्रयोग हुने कार्ड हो । ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी ई–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।
ग्राहकहरूले सानिमा सजिलो ई–बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेसअन्तर्गतको कार्ड सर्भिसबाट इ–कम अनलाइन पेमेन्टमा आफ्नो विवरणहरू राखेर टपअप गर्न सक्नेछन् । ग्राहकहरूले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपछि कार्डमा तुरुन्तै टपअप हुनेछ । बैंकले देशभर एक सय ३४ वटा कार्यालय तथा एक सय २७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।