काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ‘मेरो पहिलो बचत खाता’ नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूका लागि विशेष ल्याइएको यो बचत खातामा एक सय रूपैयाँको मौज्दात संस्थाले आफ्नो तर्फबाट जम्मा गरिदिनेछ । वित्तीय पहुँचमा योगदान पुर्याउने मनसायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो ।
हालसम्म २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक व्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म एक लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पु¥याउँदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको छ ।