काठमाडौं । आइएमई लाइफले ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ जित्न सफल भएको छ । कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको हो ।
होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्तरूपमा उक्त अवार्ड ग्रहण गरेका थिए । यस अवार्ड हालसम्म दुई मात्र जीवन बीमा कम्पनीले प्राप्त गरेका छन् सोमध्ये एक आइएमई. लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ । यो अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामूलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।
यो उपलब्धिको लागि नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यो सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबन बीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको छ ।