काठमाडौं ,मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्। उनीमाथि एक युवतीले काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गरेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। अदालतको आदेशअनुसार झालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ झामाथि अदालतले चैत २५ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनी २०७७ सालको फागुन ७ गते मधेश प्रदेश प्रमुखमा नियुक्त भएका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट झाले प्रदेश प्रमुखको शपथ लिएका थिए। यस प्रकरणमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।