इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा सोमबार ११ वर्षीय एक जना बालक बेपत्ता भएका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका छोरा दीपेश नदीमा बेपत्ता भएको जानकारी दिए ।

सँगै नुहाउन गएका तीन जनामध्ये दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए । नेपाल र सशस्त्र प्रहरीले बेपत्ता दिपेशको खोजी गरिरहेको उनले जानकारी दिए ।