रौतहट, साउन २९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट एपीएफ टोलीले २४ लाख ५० हजार भारतीय रूपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले बुधबार उक्त रूपैयाँ बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रूपैयाँ फेला परेको हो ।