काठमाडौं । नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर र सिटी होटल लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार आइतबार यी दुवै कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिइएको हो ।
शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । सोअनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शत प्रतिशत अर्थात् एक कित्ता सेयर बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । शिवश्री हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार सिटी होटलले भने एक कित्ता बराबर शून्य दशमलव ०८० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । सोअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँको एक करोड ३३ हजार ९२ लाख कित्ता सेयर एक सय रुपैयाँ अंकित दरमा निष्काशन गर्नेछ । सिटी होटलको हकप्रद बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।