काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा तीन करोड ९५ लाख ८३ हजार चार सय ५० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड आठ लाख ३७ हजार छ सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा ४५ करोड ५५ लाख ६९ हजार छ सय १० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९४ करोड७८ लाख २५ हजार एक सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २३ लाख ९९ हजार नौं सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाले दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो अवधिमा सोही अवधिमा भने संस्थाले ३४ करोड ९४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६८ करोड १७ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २८ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६७ प्रंतिशत कर्जा निष्क्रिय रहेको थियो ।