काठमाडौं । गरिमा बिकास बैंकले संस्थापक शेयर बिक्रीको लागि प्रस्ताव आव्हान गरेको छ । बैंकका अनुसार एक लाख ४७ हजार आठ सय ३४ दशमलव ६५ कित्ता संस्थापक शेयर बिक्रीको लागि प्रस्ताव आव्हान गरिएको हो । यसरी बिक्रीमा राखिएको शेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने छन् ।
बैंकका अनुसार इच्छुक सेयरधनीहरूले भदौ ८ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदको लागि आवेदन दिनुपर्ने छ । यो समयावधिभित्र बैंकका सेयरधनीबाट सेयर खरीद नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने बैंकले जानकारी दिएको छ ।