काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर सोमबारदेखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता शेयर मुल्य एक सय १६ रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकको भनाई छ ।
बैंकका अनुसार निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने छ ।