काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । फाइनान्सका अनुसार न्युरोड शाखा कार्यालय हालको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडबाट ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै आइतबारदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थानभन्दा करिब ५० मिटर उत्तरतर्फ काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडमा स्थानान्तरण भई सेवा प्रवाह सुरु भएको छ । स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीबाट भएको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखाका प्रबन्धक सन्जीव श्रेष्ठले जानकारी गराए ।
फाइनान्सले हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरी करिब १८ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।