काठमाडौं,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने निर्णयबाट पछि हट्ने कुनै अवस्था नरहेको स्पष्ट पारिदिएकी छिन्।राजनीतिक रिपोर्टरहरूसँग भंगालमा भएको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “म अघि बढिसकेँ, अब खुट्टा कमाउँदिन।”उनले आफू एमालेको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न चाहने स्पष्ट संकेत दिँदै, आफ्ना पक्षमा बोल्नेहरूलाई लक्षित गरेर गरिएको दवावको निन्दा गरिन्। “मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिँदैछ, यस्तो बन्द हुनुपर्छ,” पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो।
भण्डारीले एमालेमा पुनःसक्रियताको निर्णय कुनै हठात नभई लामो प्रक्रिया र मननको परिणाम भएको बताइन्। उनले यस विषयमा पहिले नै नेतृत्वसँग छलफल गरिसकेको र पार्टी संगठनको भावना अनुसार अघि बढ्ने बताइन्।उनको पछिल्लो अभिव्यक्ति एमाले केन्द्रीय कमिटीको च्यासल बैठकमा सक्रिय पुनरागमनको विषयलाई लिएर चलिरहेको बहसबीच आएको हो। एमालेभित्र पनि भण्डारीको पुनरागमनलाई लिएर समर्थन र विमतिका स्वरहरू देखिएका छन्। तर भण्डारीले आफू कुनै भय र भ्रममा नपरेको स्पष्ट पार्दै, पार्टीलाई बलियो बनाउन आफूले योगदान दिन चाहेको बताएकी छन्।