काठमाडौं, सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन समयमै सम्पन्न नभएपछि पाँचौं पटक म्याद थप गरिएको छ। शहरी विकास मन्त्रालयले निर्माण कम्पनीलाई आगामी पुस १६ गतेसम्मको समय दिएको छ।कानुनी प्रक्रिया र निर्माण व्यवसायीको ढिलासुस्तीले काम अघि नबढेको पाइएको छ । अब म्यादभित्र काम नसके कानुनी कारबाही गरिने स्पष्ट निर्देशन मन्त्रीस्तरबाटै आएको पाइएको छ ।
२०७६ असोज १६ गते टुन्डी सेक जेभीसँग भएको ठेक्का सम्झौताअनुसार तीन वर्षमै काम सकिनुपर्ने भए पनि कोरोना लगायतका कारण देखाउँदै म्याद पटक–पटक थपिँदै आएको छ। अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। सरकारले यसलाई अन्तिम मौका मानेको जनाएको छ।