काठमाडौं । काँग्रेस र एमालेका असन्तृष्ट पक्षसहित माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूसँग मिलेर नयाँ समीकरण बनाएर सरकार गठन गर्ने नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको प्रयास असफल भएको छ । उनले गत शुक्रबार होटल याक एन्ड यतिमा आफ्ना पक्षका सांसद र मन्त्रीहरूको भेला बोलाएर त्यसको औपचारिक धारण बनाउने योजना बनाएका थिए ।
उक्त भेलामा देउवा पक्षका र अरू गुटउपगुटका तानतुन गरिएका सांसद र मन्त्रीहरू समेत गरी ५४ जना उपस्थिति हुने आकलन गरिएको थियो । तर त्यहाँ भनेजस्तो भएन । एक जना मन्त्री र एघार जना सांसद मात्र उपस्थित भएपछि डा. कोइरालाको योजना भताभुङ्ग हुन पुगेको छ । उक्त भेला बोलाउनुअघि डा. कोइरालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेभित्रको प्रतिपक्षी नेतृ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै गोप्य भेटवार्ता गरेका थिए र एमालेभित्रको प्रतिपक्षी नेतृ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै गोप्य भेटवार्ता गरेका थिए र एमाले काँग्रेस गठबन्धनको वर्तमान सत्तासमीकरणको विकल्पमा नयाँ सत्ता समीकरणको विकल्पमा नयाँ सत्ता समीकरण बनाउने भद्र सहमति गरेका थिए ।
उनका निकटस्थ मानिएका दुई विवादस्पद सांसदहरू राजेन्द्र बजगाई र डा. सुनील शर्माले आफूहरूसँग ५४ जना सांसद रहेकाले संसदीय दलको नेता परिर्वतन गर्न कुनै समस्या नरहेको भनी आफ्ना निकटस्थहरूलाई बताएका थिए । अहिले काँग्रेस सभापति देउवा नेपाली काँग्रेस संसदीय दलको नेता रहेका छन् ।
देउवालाई हटाएर डा. शेखरलाई संसदीय दलको नेता बनाउने र माओवादी जसपा, रास्वपा र एमालेको असन्तृष्ट पक्ष समेतको समर्थनमा डा. शेखरलाई प्रधानमन्त्री बनाउने योजना बनाइएको थियो । त्यही योजनाअनुसार नेपाली काँग्रेसको केही दिनअघिको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट मात्र अवकाश लिने होइन अब छैटौँपटक प्रधानमन्त्री बन्ने लालच पनि त्याग्नुपर्छ र युवा नेतृत्वलाई प्रधानमन्त्री बन्ने माग प्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए ।
भेलामा देउवासँग असन्तृष्ट बन्दै गएका सबै गुट उपगुटका नेताहरू सहभागी हुने अपेक्षा गरिए पनि चीनबाट फर्किएपछि एमालेको नेतृत्व सम्हाल्ने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीसँगको अस्वाभाविक हिमचिमपछि काँग्रेसका सांसदहरूको नेता कोइरालाप्रतिको दृष्टिकोण अचानक परिवर्तन भएको विश्लेषकहरूको दाबी छ ।