काठमाडौं । एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच यस बैंकका ग्राहकहरूको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्तरूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।