काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिबाट महिला सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छिन् । पोखरेलले गत साता नै राजीनामा दिएको र प्राधिकरणबाट उनको राजीनामा स्वीकृत भएको प्राधिकरणले जानकारी दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुनेगरी पोखरेललाई विज्ञ महिला सदस्यका रूपमा चार वर्षका लागि नियुक्त गरेका थिए । सरकारले नियुक्त गरेको पाँच महिनापछि उनले राजीनामा दिएकी हुन् । बीमा नियमावलीविपरीत पोखरेललाई बीमा प्राधिकरणको सञ्चालकमा नियुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो । सोही आधारमा उनले कार्यकालको छोटो समयमा नै राजीनामा दिएको बताइएको छ ।