काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेषरूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
करसहित तीन सय ९९ रुपैयाँ र सोभन्दामाथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरूमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ । कम्पनीका अनुसार तीन सय ९९ रुपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि तीन सय ९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरू पाउँछन् । त्यसैगरी, यदि विद्यार्थीहरूले पाँच सय ९९ रुपैयाँको सधैं अन रिन्युअल लिएमा पाँच सय ९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरू पाउँछन् ।
यो योजनाअन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुबाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्छन् । विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधासहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । ‘सधैं अन रिन्युअल’अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैँ अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरूसँग सम्पर्कमा रहिरहन ठूलो भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।