काठमाडौं । झापा इनर्जी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरूको लागि साधारण सेयर जारी गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ८० लाख १९ हजार रुपैयाँबराबरको तीन लाख ८० हजार एक सय ९० कित्ता साधारण सेयर जारी गर्नेछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत बिक्री हुने यो सेयर बिक्री कार्य यही साउन १४ गतेबाट खुला भई छिटोमा साउन २८ गते ढिलोमा भदौ १२ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि पनि कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५७ लाख दुई हजार नौ सय रुपैयाँबराबरको ६७ हजार २९ कित्ता साधारण सेयर जारी गर्नेछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत यही साउन १४ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही साउन १८ गते र ढिलोमा यही साउन २८ गते बन्द हुनेछ ।